पहिलो महिनामै अत्यधिक आयात
gorkhapatraonline.com · Tue Aug 25 04:17:02 GMT 2026

आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्यधिक बढेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आव २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा मात्रै गत वर्ष साउनको तुलनामा ३१ प्रतिशतले आयात बढेर एक खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । जुन गत साउनको तुलनामा ४४ अर्ब रुपियाँले बढी हो । गत साउनमा नेपालले एक खर्ब ४३ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।
भारतीय बजारमा प्रशोधित तेलको बजार विस्तार हुँदा नेपालको आयात पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । भारतमा प्रशोधित भटमास र सूर्यमुखी तेल निर्यात गर्न दक्षिण अमेरिकी देश अर्जेन्टिना र ब्राजिलबाट कच्चा भटमास र सूर्यमुखी तेल आयात गर्ने प्रवृत्तिले मुलुकको आयात परिणाम नै उल्लेख्य बढाइदिएको छ । तथ्याङ्क अनुसार नेपालले साउनमा १८ अर्ब रुपियाँको कच्चा भटमास तेल आयात गरेको छ । जुन मूल्यका हिसाबले साउनमा सबैभन्दा बढी आयातित वस्तु हो । गत साउनमा १० अर्ब रुपियाँको मात्रै कच्चा भटमास तेल आयात भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)