आस्थादेखि प्रकृतिसम्मको अद्भुत संगम: बडीमालिकामा बढ्यो पर्यटकको चहलपहल
kalakarmi.com · Tue Aug 25 04:18:58 GMT 2026

बाजुरा- सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू-स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ ।
जनपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन अहिले यस क्षेत्रमा श्रद्धालु भक्तजनहरुको घुइँचो छ । बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका हिसाबले निकै महत्त्वपूर्ण आस्थाको क्षेत्र हो । विशेष गरी हरेक वर्षको जनपूर्णिमाको अवसरमा लाग्ने मेला निकै महत्त्वपूर्ण मानिन्छ।देशका विभिन्न ठाउँबाट भक्तजनहरू कठिन पहाडी यात्रा पार गर्दै दर्शनको लागी पुग्ने गर्छन् । श्रद्धालुभक्तजनहरुका लागी यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई,आस्था,विश्वास र आत्मिक अनुभूतिको माध्यम समेत बन्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)