बार्सिलोनाको विजयी सुरुवात
gorkhapatraonline.com · Tue Aug 25 04:20:31 GMT 2026
स्पेनी लिगको उपाधि रक्षा अभियान अन्तर्गत बार्सिलोनाले इल्चेलाई ५–० ले हराएर विजयी सुरुवात गरेको छ । राफिना र फर्मिन लोपेजले दुई÷दुई गोल गरेपछि आइतबार राति बार्सिलोनाले सहज जित प्राप्त गरेको हो । करिम एडियेमीले आफ्नो पदार्पण खेलमै गोल गर्नुभयो । एनथोनी गोर्डनले पनि दुई एसिस्टसहित पहिलो खेलमा आफ्नो छाप छोड्नुभयो ।
इल्चेको मैदानमा भएको खेलमा प्रशिक्षक हान्सी फ्लिकले आफ्ना थुप्रै पहिलो रोजाइका खेलाडीलाई बेन्चमा राख्नुभएको थियो । स्पेनलाई विश्वकप दिलाउन महìवपूर्ण योगदान दिने विन्गर लामिने यमालले पनि सुरुवाती एघारमा खेल्नुभएन तर पनि घरेलु टिम इल्चेसँग बार्सिलोनाको आव्रmमणको जवाफ थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)