बेनी हाइड्रोले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
clickmandu.com · Tue Aug 25 04:23:04 GMT 2026

काठमाडौं । बेनी हाइड्रोपावरले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)