धेरै थकान महसुस हुन्छ, हुनसक्छ गम्भीर समस्या
swasthyakhabar.com · Tue Aug 25 04:22:05 GMT 2026

कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु भनेको चाहिं स्वास्थ्य समस्या हो।
थकान धेरै कारणले हुनसक्ने जनरल फिजिसियन डा अमर प्रजापति बताउँछन् । शरीरमा पानीको कमी, अत्यधिक मद्यपान, खराब जीवनशैलीका कारण पनि धेरै थकानको अनुभव हुनसक्ने उनको धारणा छ । समयमा खाना नखाँदा, अत्यधिक जंकफुड खाँदा, धेरैबेर स्क्रिनमा हेदा, सुत्नुअघि मोबाइल धेरै चलाउँदा स्लीप साइकलमा अवरोध भएर थकान महसुस हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)