कामना सेवा विकास बैंकको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
aarthiknews.com

काठमाडौं । कामना सेवा विकास बैंकले भदौ ३१ गते २०औँ वार्षिक साधारणसभा बोलाएको छ । सभामा बैंकले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर पूँजीमा बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मका लागि वार्षिक ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ । लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, भदौ १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)