सुपर मादी हाइड्रोपावरको बोनस सेयर घोषणा, साधारण सभा कहिले ?
aarthiknews.com

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज १ गते साधारण सभा बोलाएको छ । लाभांश प्रयोजनार्थ कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने भएको छ । भदौ २२ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)