एमाले र नेकपाका सांसदले १५ दिनको तलब बाढी प्रभावितलाई दिने
ratopati.com · Wed Sep 02 06:37:28 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सङ्घीय सांसदहरूले १५ दिनको तलब भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूलाई दिने निर्णय भएको छ । सङ्घीय संसद्का सांसदहरू र स्वकीयबाट १५ दिनको तलब कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
सङ्घ बाहेक ७ वटै प्रदेश सांसदहरू र स्थानीय जनप्रतिनिधिबाट रकम उठाएर एकमुष्ट रूपमा कोषमा जम्मा गर्ने उनले बताए । ‘बाढी प्रभावित क्षेत्रका जनतालाई राहत दिनका लागि सङ्घीय सांसद र स्वकीयबाट १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । यो बाहेक सातै प्रदेश र स्थानीय जनप्रतिनिधिबाट एकमुष्ट राहत जम्मा गर्छौँ’, दुलालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)