निर्माणाधीन घरको छतबाट खसेर महिलाको मृत्यु
gorkhapatraonline.com · Wed Sep 02 06:36:27 GMT 2026

निर्माणाधीन आफ्नै घरको छतबाट खसेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–१, गैलीबजार निवासी दिपेन्द्र सुनारकी श्रीमती ३६ वर्षीया ललिता सुनारको घरको छतबाट खसेर मृत्यु भएको हो ।
भर्खरै ढलान गरिएको घरको छतमा पानी हाल्ने क्रममा मङ्गलबार साँझ करिब ७ः१५ बजे उहाँ तीन तलामाथिबाट चिप्लिएर खस्नुभएको थियो । गम्भीर घाइते ललितालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा राति ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)