इन्धन आयातमा बाहिरिने अर्बौँ रकम रोक्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्छ : उपराष्ट्रपति यादव
ratopati.com · Tue Aug 25 04:53:13 GMT 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले इन्धन आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न विद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारीको प्रयोग नै देशका लागि सबैभन्दा बुद्धिमानी र दिगो उपाय भएको बताएका हुन् ।
नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेको सन्दर्भ जोड्दै उनले पेट्रोल र डिजेल जस्ता इन्धन आयातमा हुने निर्भरता घटाउनुपर्ने बताए । "विद्युतीय सवारी साधनको व्यापक प्रयोगले इन्धन आयातमा हुने निर्भरता घटाई मुलुकको व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुर्याउँछ," उपराष्ट्रपति यादवले भने, "स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाएर देशकै धन देशमै राख्न र उपभोक्ताको सञ्चालन खर्च कम गराउन ईभीको उपादेयता उच्च छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)