‘माया’ बजारमा
gorkhapatraonline.com · Tue Aug 25 04:54:34 GMT 2026

राजा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा कार्टुनिस्ट/दृष्टान्तचित्रकार तथा लेखक रवीन्द्र मानन्धरको ‘मन्त्रपुरकी माया’ प्रकाशित भएको छ ।
विगत तीन दशकदेखि कार्टुनिस्टका रूपमा परिचय बनाएका रवीन्द्रले लामो समयदेखि बालसाहित्यका लागि पनि चित्र बनाउँदै आउनुभएको छ । केही वर्षअघिदेखि उहाँले बालसाहित्यमा पनि कलम चलाउँदै हुनुहुन्छ । मानन्धरको आफ्नै चित्र अनि कथामा आधारित केही चित्रकथा यसअघि नै प्रकाशित भइसकेका छन् । ‘मन्त्रपुरकी माया’ उहाँको पहिलो बालउपन्यास हो । नेपालको ग्रामीण परिवेशमा हुर्कंदै गरेकी विद्यार्थी ‘माया’ लाई उपन्यासमा मूल पात्रका रूपमा चित्रण गरिएको छ । १०२ पृष्ठको पुस्तक लेखक आफैँले प्रकाशन गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)