४७ वर्षपछि आतङ्कवाद प्रायोजक राष्ट्रको सूचीबाट अमेरिकाले सिरियालाई हटायो
ratopati.com · Tue Aug 25 04:58:08 GMT 2026

वाशिङटन डीसी । अमेरिकाले सिरियालाई आतङ्कवाद प्रायोजक राष्ट्रको सूचीबाट हटाएको छ । सन् १९७९ देखि सिरिया उक्त सूचीमा रहेको थियो । यो निर्णयसँगै सिरियामाथि लगाइएका केही प्रमुख आर्थिक तथा वित्तीय प्रतिबन्ध हट्ने बाटो खुलेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
सिरियाली सरकारले अन्तर्राष्ट्रिय आतंकवादबाट पूर्ण रूपमा दूरी कायम गर्न सकारात्मक कदम चालेकाले सूचीबाट हटाउने निर्णय गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । उनका अनुसार यस कदमले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने अवसर दिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)