काठमाडौं उपत्यकासहित यी १५ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
kendrabindu.com · Tue Aug 25 04:57:14 GMT 2026

काठमाडौं । वर्षासँगै देशका केही जिल्ला आज (भदौ ९) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)