गाउँघरको मौलिक पहिचान : जोगाइँदै लोपोन्मुख ‘कोकटी’
annapurnapost.com · Tue Aug 25 04:57:31 GMT 2026

भोजपुर : अरुण गाउँपालिका–४, चरम्बीकी रानीमाया राईले कोकटीबाट कपडा बुनेकै पाँच दशक हुन लागिसक्यो। ७० वर्षकी राईले अहिले पनि घरमै कोकटीबाट बुनेका कोट, ढाकाटोपी, इस्टकोटलगायतका सामग्रीहरूले राम्रो बजार पाउने गरेको र मानिसहरू आएर उनलाई घरमै कपडा बुन्ने काम दिने गरेको सुनाउँछिन्। स्थानीय बजारमा निकै राम्रो मूल्यमा बिक्री हुने उनले बुनेका कोकटीका लत्ताकपडाहरू देशविदेशसम्म पुग्ने गरेको छ।
‘जे होस् वर्षौंको अनुभव र मेहनतले कोकटी व्यवसायले अहिलेसम्म धानेको छ। बजारमा पनि यसको मूल्य राम्रै छ। घरमै अर्डर आउँछ,’ उनी भन्छिन्, ‘धेरै नयाँ पुस्ताहरूलाई कपडा बुन्ने तालिम पनि दिएकी छु। आफूले जानेको सीप र गाउँघरको मौलिक पहिचान बोकेको कोकटीका कपडा बुनाई पुस्तान्तरण पनि हुन जरुरी छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)