विश्वासको मत लिन मुख्यमन्त्री थापालाई सकस, राप्रपा-नेकपाको असन्तुष्टि निर्णायक बन्दै
kalakarmi.com · Tue Aug 25 05:10:21 GMT 2026

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सरकार जोगाउन आवश्यक बहुमत जुटाउन चुनौती थपिएको छ । प्रदेशसभाबाट विश्वासको मत लिने पहिलो प्रयास सत्ता गठबन्धनभित्रकै विवादका कारण अघि बढ्न नसकेपछि मुख्यमन्त्री थापा दोस्रो प्रयासमा जुटेका छन् ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मंगलवार दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ । यसअघि सोमवार नै विश्वासको मत लिने तयारी गरिएको भए पनि सत्ता साझेदार दलहरूबीच देखिएको विवादका कारण प्रदेशसभा बैठक तीन पटकसम्म स्थगित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)