नागढुंगा सुरुङमार्गमा गुड्न थाले साना नीजि सवारी
kendrabindu.com · Tue Aug 25 05:10:24 GMT 2026

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग चरण–चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटनलगत्तै पहिलो चरणमा सुरक्षा निकाय, एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङमार्गमा सोमबारबाट ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीलाई प्रवेश दिइएको छ।
यसरी आउँदो असोजसम्म तोकिएका सवारीलाई शुल्क लिएर प्रवेश खुला गर्ने तयारी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए। तत्कालका लागि काठमाडौंबाट धादिङतर्फ जान मात्र खुला गरिएको हो। बुधबारदेखि भने दुवैतर्फबाट सवारी आवागमन खुला गरिने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)