विद्युतीय राहदानी सुरु गरिँदै
barnanmedia.com · Sat Jul 11 00:34:36 GMT 2026

सरकारले राहदानी सेवालार्ई थप प्रभावकारी बनाउने भएको छ । अत्यावश्यक सेवाका रूपमा रहेको राहदानी छपाइलाई नियमित गर्दै वितरणसहितका सबै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले राहदानी सेवा प्रभावकारी र नागरिकमैत्री बनाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राहदानी सेवालाई सहज र सरल वितरण गर्ने ध्याउन्नमा सरकार लागेको छ । यही असार २९ गतेदेखि नयाँ प्रणालीबाट अनलाइन विद्युतीय राहदानीको इनरोलमेन्ट सुरु गरिँदै छ ।” पुरानो प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण हुँदै गरेकाले बुधबारदेखि सोमबारसम्म विभागले दिने अनलाइन आवेदनसहितका सबै सेवा स्थगित गरेको छ । शनिबार र आइतबार सार्वजनिक बिदासहित करिब पाँच दिन सेवा अवरुद्ध गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)