पक्की पुल कटानमा पर्दै
gorkhapatraonline.com · Tue Aug 25 05:41:17 GMT 2026

बेनी, भदौ ९ गते । म्याग्दीको सदरमुकाम बेनीसँग पश्चिम भेगलाई जोड्ने बेनी–दरबाङ–ताकम–मुना–जलजला सडक अन्तर्गतको पक्की पुल कटानको जोखिममा पर्न थालेको छ । बर्खामा उर्लेर आउने बाढीका कारण पुलसँगैको भाग कटान हुन थालेपछि पुल जोखिममा पर्न थालेको हो ।
पुलको मङ्गला गाउँपालिकातर्फको जगमुनिबाट खोला बग्न थालेको र सडक पनि साँघुरो भएको स्थानीयवासी श्रीराम पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीका कारण पुल संरक्षणका लागि निर्माण गरिएको संरचना भत्किएको छ । खोलाको कटानका कारण सडकसमेत जोखिममा परेको छ । सम्बन्धित निकायले चाँडो पुलको संरक्षण गरिदिनुप¥यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)