प्रहरीको नयाँ सुरक्षा रणनीति: अपराध नियन्त्रणमा ‘डिजिटल निगरानी’
gorkhapatraonline.com · Tue Aug 25 05:41:33 GMT 2026

खुला सीमा, तीव्र सहरीकरण र ठुलो जनघनत्वका कारण सुरक्षा चुनौती थपिँदै गएको सुनसरीमा प्रहरीले अपराध नियन्त्रणका लागि डिजिटल प्रविधि, सूचना विश्लेषण र लक्षित निगरानीलाई मुख्य रणनीति बनाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्रविधिको अधिकतम प्रयोग गर्दै अपराधको प्रकृति पहिचान, सम्भावित जोखिमको पूर्वानुमान तथा घटनापछिको अनुसन्धानलाई प्रभावकारी बनाउने रणनीति अघि सारिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)