एच–१बी भिसामा १ लाख ३ हजार डलर शुल्क असुल्ने ट्रम्प प्रशासनको प्रस्ताव
barnanmedia.com · Tue Aug 25 05:43:24 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले एच–१बी भिसाका लागि १ लाख ३ हजार २६५ अमेरिकी डलर शुल्क तोक्ने प्रस्ताव अघि सारेको छ ।
यसअघि सरकारले १ लाख डलर शुल्क लगाउने प्रयास गरेको थियो । तर, गत जुनमा संघीय अदालतले उक्त शुल्कसम्बन्धी व्यवस्था खारेज गरिदिएको थियो । सोमबार सार्वजनिक गरिएको प्रस्तावित नियमअनुसार नयाँ शुल्कबाट अमेरिकी अध्यागमन प्रणाली सञ्चालनमा लाग्ने खर्च उठाउने र अमेरिकी कम्पनीलाई स्वदेशी कामदार नियुक्त तथा उनीहरूको पारिश्रमिक बढाउन प्रोत्साहित गर्ने प्रशासनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)