कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग
barnanmedia.com · Wed Sep 02 06:34:20 GMT 2026

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू. दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू. दुई करोड ५० लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले विपद्को समयमा कोषले गरेको सहयोगका लागि कर्मचारी सञ्चय कोष परिवारप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)