गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय
nepalnews.com · Tue Aug 25 05:49:02 GMT 2026

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। आज यहाँ बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए।
“एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ”, उनले भने, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरुसँग एमालले संवाद सुरु गर्छ।” एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)