पारिश्रमिक माग्न जाँदा हत्या : एकै घरका तीन जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jul 11 00:54:01 GMT 2026

खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन्।
घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमाया सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन्। तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)