सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
nepalnews.com · Sat Jul 11 01:05:29 GMT 2026

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरेका हुन्।
नगरप्रमुख थापाले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताए । उनले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)