चितवनमा मोबाइल नेटवर्क विस्तार
nepalnews.com · Sat Jul 11 01:11:28 GMT 2026

चितवन। नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख उप प्रबन्धक राकेश चौधरीका अनुसार भरतपुर महानगरपालिका–२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर–पटिहानी सडकखण्ड, टिकौली–रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ। उनका अनुसार सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)