बेलायतभन्दा भारतमा बिक्री हुने फ्यान्टामा ३ गुणा बढी चिनी, ८० प्रतिशत उत्पादनमा नुन र बोसो पनि उच्च
aarthiknews.com

काठमाडौं । भारतमा बिक्री हुने फ्यान्टामा बेलायतमा बिक्री हुने सोही उत्पादनको तुलनामा करिब तीन गुणा बढी चिनी रहेको पाइएको छ । रोयटर्सका अनुसार भारतमा बिक्री हुने फ्यान्टामा युरोपमा स्वास्थ्य चेतावनी आवश्यक पर्ने कृत्रिम रङसमेत प्रयोग गरिएको छ ।
लन्डनमा बिक्री हुने फ्यान्टाको एक क्यानमा ६३ क्यालोरी हुन्छ । तर भारतमा बिक्री हुने सोही ब्रान्डको फ्यान्टामा चिनीको मात्रा करिब तीन गुणा बढी छ । भारतमा प्रयोग गरिएको कृत्रिम रङको जानकारी भने क्यानको पछाडिपट्टि सानो अक्षरमा मात्र राखिएको छ । युरोपमा भने यस्ता रङ प्रयोग भएका खाद्य पदार्थमा स्पष्ट स्वास्थ्य चेतावनी राख्नुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)