नौ कन्सल्टेन्सी सञ्चालक पक्राउ
nepalnews.com · Sat Jul 11 01:32:00 GMT 2026

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का आधिकारिक मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाई ठगी गरेको आरोपमा प्रहरीले नौ जना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको कमिसन फर एकेडेमिक एक्रिडिटेसन (CAA) बाट स्वीकृति नलिएका कलेजमा विद्यार्थी पठाई पछि फ्रान्स, अष्ट्रेलियालगायतका मुलुकका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ हुने भन्दै झुक्याएर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)