सिँचाइ समस्या समाधान गर्न कोशीमा बेडबार र नहर संरचना मर्मत आवश्यक : मन्त्री मेहता
gorkhapatraonline.com · Tue Aug 25 06:19:55 GMT 2026

उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहताले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीमा बेडबार निर्माण तथा नहर संरचनाको नियमित सरसफाइ र मर्मतसम्भार आवश्यक रहेको बताउनुभएको छ।
सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री मेहताले कृषिका लागि उर्वर भूमि रहेको सुनसरी र मोरङका किसानले नहर भएर पनि पर्याप्त सिँचाइ सुविधा नपाएको गुनासो गरिरहेको बताउनुभयो। समस्या समाधानका लागि कोशी नदीको चतरा क्षेत्रमा बेडबार निर्माण तथा सुनसरी–मोरङ सिँचाइ आयोजनाका नहर र संरचनाको नियमित सरसफाइ आवश्यक रहेको उहाँको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)