‘नक्कल पारी’मा ३ ‘मिस नेपाल’को डान्स
himalpress.com · Tue Aug 25 06:26:58 GMT 2026

काठमाडौँ- नायिका रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीतमा ३ पूर्वमिसको नृत्युसहितको गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ। सोमबार बुढासुब्बा डिजिटल युट्युबमार्फत शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको यो गीत सार्वजनिक गरिएको हो। गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ।
तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको लोकफ्लेभरको गीतले पछिल्लो समय तीज संस्कृति मनाउनेभन्दा देखाउने माध्यम बन्दै गएको प्रवृत्तिलाई चित्रण गर्छ। विशेषगरी अरूको देखासिकी गर्दै महँगा लुगा र गहना लगाउने तथा त्यसका लागि श्रीमानसँग माग गर्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)