प्रधानमन्त्री शाहसँग जापानकी प्रधानमन्त्रीले भनिन् : हामी दुवै प्राकृतिक विपद्को जोखिममा रहेका देश हौँ
nagariknews.nagariknetwork.com · Wed Sep 02 06:42:01 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबिच टेलिफोन संवाद भएको छ।
मंगलबार भएको वार्ताका क्रममा जापानले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग गर्न तयार रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाहले जापान सरकार र जनताबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद दिएका थिए। सो अवसरमा उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी समेत गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)