दाउन्नेको सास्ती अन्त्यतिर, सडक विस्तारसँगै सहज बन्दै नारायणघाट–बुटवल यात्रा
aarthiknews.com

मध्यविन्दु । वर्षौंदेखि सामान्य वर्षा हुँदा पनि घण्टौंसम्म सवारी जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने यात्रुका लागि राहतको केन्द्र बनेको छ। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खायाममै पनि यस क्षेत्रमा सवारी आवागमन उल्लेख्य रूपमा सहज भएको छ।
गत वर्षसम्म वर्षा सुरु हुनासाथ दाउन्ने क्षेत्रमा पहिरो, सडक निर्माण, सवारीसाधन बिग्रने समस्या र मर्मत कार्यका कारण लामो जाम लाग्ने गरेको थियो। हजारौं यात्रुले घण्टौं सडकमै बस्नुपर्ने अवस्था थियो। तर, यस वर्ष सडकको अधिकांश भाग कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भएपछि यात्रुले विगतजस्तो सास्ती भोग्नुपरेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)