क्यानडा-अमेरिका वार्ता भंग भएपछि ट्रम्प र कार्नीको भनाभन
baahrakhari.com · Tue Aug 25 06:35:39 GMT 2026

काठमाडौं । क्यानडासँगको व्यापारिक वार्ता भंग भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफलाई ५० प्रतिशतसम्म पुर्याउने चेतावनी दिए का छन् । क्यानडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लगाइँदै आएको ट्यारिफ २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने चेतावनी उनले दिएका छन् ।
सोमबार क्यानडाको अटो क्षेत्रमा महसुल दोब्बर बनाउने घोषणा गर्दै ट्रम्पले उक्त नयाँ ट्यारिफ आगामी जनवरी १ देखि लागु गरिने बताए । अमेरिका र क्यानडाबीच जारी व्यापारिक वार्ता बिनानिष्कर्ष टुंगिएपछि दुई देशबीच तनाव बढेको समयमा ट्रम्पले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)