आँधीले विमानहरू उडाएपछि...
ratopati.com · Tue Aug 25 06:43:23 GMT 2026

रोम । इटालीमा आएको शक्तिशाली आँधीका कारण विमानस्थलमा रहेका चारवटा हलुका विमान उडाउँदै पल्टाइदिएको छ । सार्वजनिक भएको भिडियोमा विमानहरू रनवेमा खेलौना जसरी यताउता उडाएको र पल्टिएको देखिन्छ । तीमध्ये एउटा विमान अवतरणका क्रममा हावाले आफ्नो मार्गबाट बाहिर धकेलेको थियो भने पार्किङमा रहेका अन्य तीन विमान पनि आँधीको वेग थेग्न नसकेर पल्टिएका थिए ।
इटालीको एमिलिया–रोमाग्ना क्षेत्रमा पर्ने फोर्लीमा शक्तिशाली चक्रवात आएपछि करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । खराब मौसमका कारण फोर्ली विमानस्थलमा ठुलो क्षति पुगेपछि विमानस्थललाई अस्थायी रूपमा एक घण्टाका लागि बन्द गरिएको थियो । रिपोर्टअनुसार विमानस्थलको ह्याङ्गरको केही भागको पर्खाल पनि आँधीले उडाएको थियो । आँधीले आगमन टर्मिनलको छानोमा समेत क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)