पक्राउ प्रकरण बाहिरिएपछि ब्राइडन कार्स इंग्ल्यान्ड टेस्ट टोलीबाट हटाइए
barnanmedia.com · Tue Aug 25 06:50:25 GMT 2026
काठमाडौं । इंग्ल्यान्डका तीव्र गतिका बलर ब्राइडन कार्स पाकिस्तानविरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन् । डर्बीमा शनिबार राति मदिरा सेवन गरी अनुशासनविपरीत व्यवहार गरेको आरोपमा केही समय पक्राउ परेपछि इंग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी)ले उनलाई टोलीबाट हटाएको हो ।
३१ वर्षीय कार्स शनिबार डर्बीशायरविरुद्ध डरहमको जितपछि भएको उत्सवमा सहभागी भएका थिए । त्यसक्रममा उनलाई डर्बी सहरको एक बारबाहिर प्रहरीले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)