'स्विङ फर अ कज–इन्ड पोलियो' गल्फ प्रतियोगिता काठमाडौँमा सम्पन्न
ratopati.com · Tue Aug 25 07:11:23 GMT 2026

काठमाडौं । ‘भर्चुअल रोटरी वर्ल्ड गल्फ फेलोसिप २०२६’ अन्तर्गत शनिबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा ‘स्विङ फर अ कज–इन्ड पोलियो’ (Swing for a Cause-End Polio) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) द्वारा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य रोटरीको विश्वव्यापी पोलियो उन्मूलन अभियानलाई सहयोग पुर्याउनु हो।
उक्त फेलोसिपमा नेपालका २० जना रोटरियन, गल्फ खेलाडी तथा गल्फ प्रेमीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। यो कार्यक्रम अगस्ट १५ देखि ३० सम्म विश्वका विभिन्न स्थानमा सञ्चालन भइरहेको ‘भर्चुअल गल्फ फेलोसिप’कै एउटा हिस्सा हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)