बाढी पीडितलाई सन नेपाल लाइफ इन्स्योरेन्सको साठी लाख आर्थिक सहयोग
ratopati.com · Wed Sep 02 06:52:09 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरूलाई उद्धार, राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साठी लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । साथै सो कार्यक्रममा कम्पनीका सञ्चालक शशाङ्क अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेल उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)