एकैपटक देखिए तीन हिउँ चितुवा, आहाराको खोजीमा गाउँ पसेको अनुमान [भिडियो]
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

डोल्पा। हिमाली जिल्ला डोल्पामा एकै पटक तीन ओटा हिउँ चितुवा देखिएका छन्। डोल्पो बुद्ध गाउँपालिका-१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र दुई बच्चासहित तीन ओटा हिउँ चितुवा एकैसाथ देखिएका हुन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा करिब ४० मिटरको दूरीबाट तीन ओटा हिउँ चितुवा देखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)