देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध: यात्रा गर्दा सावधानी अपनाउन आग्रह
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी, पहिरो, लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा मुख्य सडकहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान १०:०० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका विभिन्न सडकखण्डहरू प्रभावित बनेका छन्।
प्रभावित सडकहरूमध्ये काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै हरेक दिन साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ भने बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मात्र सवारीसाधन सञ्चालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)