जनज्योति मावि फूलवारीलाई जुम्बा डान्सको सहयोग
ajakoartha.com · Tue Aug 25 07:34:00 GMT 2026

काठमाडौं - दाङको तुलसीपुर–१३ स्थित जनज्योति माध्यमिक विद्यालय फूलवारीला लुम्बिनी प्रदेश जुम्बा डान्स दोघरेको टोलीले विभिन्न सामग्री सहयोग गरेको छ। विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा सहयोग पुर्याउने उद्देश्यले जुम्बा डान्सको टोलीले सोमबार विद्यालयलाई १ थान दराज, १२ वटा कुर्सी र १० वटा सिलिङ फ्यान हस्तान्तरण गरेको हो। विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा आवश्यक भौतिक सामग्रीको अभाव रहेको जानकारी पाएपछि जुम्बा डान्सको टोलीले सहयोगका लागि पहल गरेको जनाएको छ।
जुम्बाका सल्लाहकार जागेश्वर ओली र अध्यक्ष दिलिप केसीले विद्यालयको अवस्था कमजोर रहेको र आर्थिक स्रोतको अभावका कारण आवश्यक सामग्री जुटाउन समस्या भइरहेको गुनासो सुनेपछि सहयोग गर्ने निर्णय गरिएको बताएकबा छन् । उक्त कार्यक्रममा जागेश्वर ओली, अध्यक्ष दिलिप केसी, सदस्य एकराज चन्द र चन्द्र चौधरीसँगै बीआर डेन्टल, नेपाल लाइफ इन्स्योरेन्स, भगवती सेन, दिपा खड्का, सूर्य ज्वैलर्स र रिजाल इलेक्ट्रोनिक्सको सहयोग रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)