‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मन्चन हुने
himalpress.com · Tue Aug 25 07:38:10 GMT 2026

काठमाडौँ- गणेशमान सिंहको जीवनीमा आधारित रहेर सर्वनाम थिएटरमा ‘वीर गणेशमान’ मन्चन हुने भएको छ। अशेष मल्लको परिकल्पना, नाट्यरुपान्तरण र निर्देशनमा नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् योद्धा गणेशमान सिंहको जीवन, संघर्ष र अडानलाई प्रस्तुत गरिने छ।
२४ कात्तिक १९७२ मा काठमाडौँको रैथाने परिवारमा जन्मेका सिंहको निधन २ असोज २०५४ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। उनैको जीवनमाथि रहेर मञ्चन गरिने नाटक १४ भदौदेखि १४ असोजसम्म बिहीबारबाहेक नियमित मञ्चन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)