दुना–टपरी बनाउने सिप हुँदैछ पुस्तान्तरण
gorkhapatraonline.com · Tue Aug 25 07:36:13 GMT 2026

गाउँमा बिहे, पूजापाठ र उत्सवहरुमा जम्मा हुने आमा दिदिबहिनीहरुले रमाइलो गर्दै दुना टपरी खुट्ने चलन दुर्लभ हुँदैगयो । कामसँगै पुराना स्मृति सुनाउँदा सिप सिक्ने नयाँ पुस्तालाई थकाइको महसुस हुँदैनथ्यो ।
गफ–गफमै सिकेको सिप जीवनका हरेक मोडमा काम लाग्थ्यो । अहिले नयाँ पुराना पुस्तानजिक हुने धेरै अवसर छैन । मोवाइलमा गफिने नयाँ पुस्तालाई पुरानाको सिप र कथनको पत्तै हुँदैन । परम्परा र सिप संरक्षणमा गर्न लक्ष्मीपुर माविले विद्यार्थीलाई दुना टपरी बनाउन सिकाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)