घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुस खेतीमा
nepalnews.com · Tue Aug 25 07:44:43 GMT 2026

काठमाडौं । घुमारचोक र लप्सेका किसानहरु इस्कुस खेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ। इस्कुसको मुन्टादेखि जरा (तरुल) सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमा नै रमाउन थालेका हुन्। पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपथ्र्यो । तर इस्कुस खेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ।
अहिले त उनीहरुसँग जेठदेखि मंसिरसम्म रुपैयाँको कमी हुँदैन। शङ्खरापुर नगरपालिकाको दुई गाउँ घुमारचोक र लप्सेका किसानको जीवन गुजारको एक मात्र कृषि बाली इस्कुस खेती नै हो। किसानले इस्कुसको मुन्टा सिजनमा प्रतिकेजी र१०० देखि १५० रुपैंयाँसम्म, जरा (तरुल) प्रतिकेजी १५० देखि २०० रुपैंयाँसम्म र इस्कुस प्रतिकेजी ३५ देखि ५० रुपैंयाँसम्ममा बिक्री गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)