सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकको उपचार जारी
ratopati.com · Sat Jul 11 02:58:14 GMT 2026

काठमाडौँ । सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याएर उपचार जारी रहेको छ। गोडैता नगरपालिका–१० का विवेक मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए ।
३५ वर्षीय मण्डल मण्डललाई तत्कालै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार मण्डलको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)