वर्षायाममा सडक जोगाउने प्रयास : गोलिया काठ ढुवानीमा रोक
onlinekhabar.com · Sat Jul 11 03:02:54 GMT 2026

२७ असार, तेह्रथुम । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लाका सडकहरू हिलो, पहिरो तथा अत्यधिक भारका कारण क्षतिग्रस्त हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।
विकासका लागि करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका सडकहरू केही दिनमै बिग्रिने अवस्था हुँदा स्थानीय सरकारका लागि सडक संरक्षण ठूलो चुनौती बनेको छ । यही चुनौतीलाई मध्यनजर गर्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाले वर्षायामभर नगरभित्रका सोलिङ गरिएका सडकमा गोलिया काठजन्य सामग्रीको ढुवानी तथा ओसारपसारमा अस्थायी रोक लगाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)