पोखरा–दुबई उडानबारे व्यवसायी र राजदूतबीच छलफल
reportersnepal.com · Tue Aug 25 07:57:18 GMT 2026

पोखरा । पोखराका पर्यटन व्यवसायी र यूएईका राजदूतबीच पोखरा–दुबई उडानबारे छलफल भएको छ ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा विशेष उपस्थितिका रूपमा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायीहरूको सहभागितामा यूएईका राजदूतसँग पोखरा–दुबई नियमित उडानलाई सफल बनाउने विषयमा महत्वपूर्ण छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)