रुकुमपूर्व :सडक पुग्यो, बनेन पुल
annapurnapost.com · Tue Aug 25 08:02:26 GMT 2026

रुकुमपूर्व : सडक गाउँसम्म पुगेपछि आवतजावत सहज हुने आशा गरेका पुथा उत्तरगंगा गाउँपालिका–६ का स्थानीय अहिले वर्षायाममा मयाङ खोला पार गर्नकै लागि जोखिम मोल्न बाध्य छन्। शहिद मार्गअन्तर्गत पर्ने मयाङ खोलामा स्थायी पुल नहुँदा स्थानीय काठका अस्थायी साँघुको भरमा खोला वारपार गर्दै आएका छन्।
खोलामा बाढी आउने बित्तिकै साँघु बग्ने र स्थानीयले पुनः काठ जोडेर साँघु निर्माण गर्ने क्रम बर्सेनि दोहोरिने गरेको छ। सडकमा सवारीसाधनको पहुँच बढे पनि पुल नहुँदा वर्षायाममा यात्रु, विद्यार्थी, बिरामी, किसान तथा दैनिक कामका लागि आवतजावत गर्ने नागरिक जोखिममा पर्ने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)