नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी
ajakoartha.com · Sat Jul 11 03:24:00 GMT 2026

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो । समझदारी अनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माण तहलाई जोड्ने साझा इकोसिस्टम निर्माण गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)