सर्पदंशबाट सिरहामा ११ वर्षीय बालकको मृत्यु
canadanepal.com · Tue Aug 25 08:18:55 GMT 2026

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय प्रियांसु भगतको सर्पदंशबाट मृत्यु भएको छ। घरमा सुतिरहेका बेला सर्पले डसेका उनको सोमबार साँझ उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो।
भदौ ३ गते राति करिब १० बजे सुतिरहेका बेला प्रियांसु र उनका ८ वर्षीय भाइ दिव्यांशु भगतलाई सर्पले डसेको थियो। परिवारका अनुसार प्रियांसुलाई कानमा र दिव्यांशुलाई खुट्टामा सर्पले डसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)