बानेश्वरमा प्रहरी जवानलाई आक्रमण गर्ने युवक पक्राउ
ratopati.com · Tue Aug 25 08:21:41 GMT 2026

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौँ–१० स्थित पुरानो संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय युवकले एकजना महिला प्रहरी कर्मचारीलाई आक्रमण गरेका हुन् ।
आक्रमणमा संलग्न राज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)