काठमाडौँ महानगरपालिकाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान
ratopati.com · Tue Aug 25 08:30:19 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, सहरी योजना आयोगको सचिवालयले ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ।
महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामहरूसँग सम्बन्धित नीतिगत अनुसन्धानमार्फत प्रमाणमा आधारित नीति निर्माण गर्न यो कार्यक्रम अघि बढाइएको हो। यसका साथै कार्यमूलक अनुसन्धानमार्फत सहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)